सामग्री :
भिजाएको चना- ८०० ग्राम
घ्यू वा तेल- १/२ कप
प्याज- २ वटा (काटेको)
गोलभेंडा- २ वटा (काटेको)
दही- १ कप
धनियाँ – आधा कल्लि
बेसार- १/२ चियाचम्चा
नून- स्वाद अनुसार
हरियो खुर्सानी- २-३ वटा
चाट मसला- १ चिया चम्चा
चना मसला- ५० ग्राम
झान्नको लागि :
घ्यू- २ चिया चम्चा
लसुन- २ केस्रा
प्याज- १ वटा
जीरा- १२ चिया चम्चा

पकाउने विधि :
१) एउटा प्यानमा तेल तताउनुहोस् र त्यसमा प्याज लाई फ्राई गर्नुहोस् । उक्त फ्राई प्याजमा गोलभेंडा हालेर २-३ मिनेट सम्म पकाउनुहोस् ।
२) अब यसमा चना मसला र दही हालेर ३-४ मिनेटसम्म मध्यम ताप पकाउनुहोस् ।
३) यसमा भिजाएको चना हालेर १०-१५ मिनेटसम्म पकाउनुहोस् । अब नून बेसार, धनियाँ, तथा हरियो खुर्सानी मिसाएर चलाउनुहोस् ।
४) यसरी तयारी गरेको तरकारीलाई झाने पछि अझै स्वाद आउँछ । त्यसैले झान्नको लागि घ्यूमा प्याज र लसुनलाई खैरो हुन्जेल पकाउनुस् र त्यसलाई तरकारीको चारैतिर पर्ने गरी माथिबाट खन्याउनुहोस् । त्यसपछि कागतिको थोरै रस र चाट मसला माथिबाट राख्नुहोस् ।